पोखरा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कास्कीको पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई निर्वाचन आयोगले लालटिन चिन्ह दिएको छ । 

कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विराध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै उनलाई कांग्रेसले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । 

OM Sai Pathibhara Hospital

गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेदवारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेरी उम्मेदवारहरूलाई लौरो चिन दिएको छ । मेयरदेखि वडाध्यक्षसम्मका उम्मेदवारले अव लौरोबाट भोट माग्न पाउनेछन् । पोखरामा मेयरका लागि २३ र उपमेयरमा ८ जनाको प्रतिस्पर्धा छ ।

निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तहका चुनावका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिन्ह परेको छ ।