विराटनगर  / आसन्न स्थानीय निर्वाचनका लागि विराटनगर महानगरपालिकामा विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । 

OM Sai Pathibhara Hospital

जसमा मेयर ३, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार मेयर तर्फ राष्ट्रिय जनमोर्चाका टङ्क प्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र रुपमा उठेकी केमुना ओडारी (मैनाली) ले उम्मेदवारी फिर्ता लिएकी छन् ।

यस्तै, उपमेयर तर्फ नेपाल परिवार दलकी दीपा पोखरेल र स्वतन्त्र उम्मेदवार उद्धव प्रसाद कोइरालाले आफ्नो फिर्ता लिएको कार्यालय सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले विभिन्न दलका ११ जना वडाध्यक्षले समेत उम्मेदवारी फिर्ता लिएको जानकारी दिए ।

कुल ७४४ मध्ये २३ जनाको उम्मेदवारी फिर्ता हुँदा अब विराटनगरमा ९७ पदका लागि हुने निर्वाचनमा ७२१ जनाको उम्मेदवारी कायम भएको छ ।