बिर्तामोड / कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ । शुक्रबार राति ११ बजे वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु पछि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।

नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका ४१ वर्षीय तिवारीको मृत्यु हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको नगरपालिकाका निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

आयोगले सम्बन्धित वडाको सम्बन्धित पदको र त्यही पार्टीको मात्रै नयाँ उम्मेदवार खडा गर्नेछ । आयोगले शनिबार सबै दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका रहेको छ । 

त्यो कार्यक्रम बुद्धभूमि नगरपालिकामा रोकिएको तर वैशाख ३० गते हुने चुनाव भने नरोकिने निर्वाचन अधिकृत पाण्डेले बताएका छन् ।