बिर्तामोड / कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ । शुक्रबार राति ११ बजे वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु पछि निर्वाचन कार्यक्रम स्थगित भएको हो ।
नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका ४१ वर्षीय तिवारीको मृत्यु हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको नगरपालिकाका निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिएका छन् ।
त्यो कार्यक्रम बुद्धभूमि नगरपालिकामा रोकिएको तर वैशाख ३० गते हुने चुनाव भने नरोकिने निर्वाचन अधिकृत पाण्डेले बताएका छन् ।






































