बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये अर्जुनधारा नगरपालिकाबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

नेकपा एकीकृत समाजवादीका तर्फबाट नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका रमा खवास र प्रेम सागर साप्कोटासहित २० जनाले उम्मेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाका अनुसार वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेकपा एसका उमानाथ लम्साल, अर्जुन मेचे, कृष्ण बहादुर लोहार, कृष्ण प्रसाद ओली र स्वतन्त्रबाट उम्मेद्वारी दिएका योगप्रसाद आचार्य र ठाकुर प्रसाद सुवेदीले पनि मनोनयन फिर्ता लिएका छन् । 

त्यस्तै मनोनयन फिर्ता लिनेमा नेकपा एसबाट वडा सदस्यमा उम्मेदवारी दिएकी लक्ष्मी निरौला (खतिवडा), चन्दा राजन मगर, स्मिता उराउ, झर्ना विश्वकर्मा, खेमराज नेपाल, कमल प्रसाद सन्जेल, देवी प्रसाद बराल, कुमार राय र राजेन्द्र एक्तेन रहेका छन् । 

त्यसैगरी नेपाली कांग्रेसबाट खुल्ला सदस्यमा उम्मेदवारी दिएका लेखनाथ प्याकुरेल र माओवादी केन्द्रबाट खुल्ला सदस्यमा उम्मेद्वारी दिएका विपिन कुमार चौहानले पनि मनोनयन फिर्ता लिएका छन् । 

अर्जुनधारा नगरपालिकामा प्रमुख पदका लागि ४ र उपप्रमुख पदका लागि ५ जनाले र वडाध्यक्ष पदका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए । 

त्यस्तै महिला पदका लागि ३४ जना, दलित महिलाका लागि ३१ र सदस्य पदका लागि ७४ जनाले उम्मेदवारी दिएका थिए ।