बिर्तामोड / निर्वाचन आयोगले उम्मेदवारलाई २४ घण्टाभित्र आफूले प्रयोग गर्ने सामाजिक सञ्जालको विवरण बुझाउन निर्देशन दिएको छ । अन्तिम नामावली प्रकाशन भएको २४ घण्टाभित्र उम्मेदवारले विवरण बुझाउन आयोगले निर्देशन दिएको हो ।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले प्रचार प्रसारका लागि प्रयोगमा ल्याएको सामाजिक सञ्जालको खाता विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने उल्लेख गरेका छन् ।

OM Sai Pathibhara Hospital

उम्मेदवारले प्रयोगमा ल्याएको खाताको विवरण सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बुझाउन निर्देशन दिएको उनले बताएका छन् । 

कुनै राजनीतिक दल वा उम्मेदवारले आयोगमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयको स्वीकृति नलिई सामाजिक सञ्जालमा राजनीतिक विज्ञापन गरेको पाइएमा आचारसंहिता उल्लङ्घनको कार्य मानी कारबाही गरिने उपन्यायाधिवक्ता वाग्लेले बताएका छन् ।