बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये झापाका १५ पालिकाबाट १७ जना प्रमुख–उपप्रमुखअध्यक्ष–उपाध्यक्षले उम्मेद्वारी फिर्ता लिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्ये झापाका १५ पालिकाबाट १७ जना प्रमुख–उपप्रमुखअध्यक्ष–उपाध्यक्षले उम्मेद्वारी फिर्ता लिएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रमुख एवम् अध्यक्ष पद्मा उम्मेद्वारी दिएका ८ जना र उपप्रमुख २ र उपाध्यक्षमा उम्मेद्वारी दर्ता गर्ने ७ जनाले उम्मेद्वारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।    

बुद्धशान्तिमा अध्यक्षको उम्मेद्वारी दिने स्वतन्त्रबाट लक्ष्मीप्रसाद सुवेदी र नेकपा समाजवादीबाट दुर्गा आचार्यले उम्मेद्वारी फिर्ता लिएका छन् । यस्तै, सोही पालिकामा उपाध्यक्षमा उम्मेद्वारी दिनेहरू मनोरथ तिवारी, गीता खतिवडा, तारा श्रेष्ठ, अस्मिताकला लिम्बुले उम्मेद्वारी फिर्ता लिएका छन् । उनीहरु सबैले स्वतन्त्रबाट उम्मेद्वारी दिएका थिए ।

नेकपा समाजवादीबाट अर्जुनधाराको मेयर–उपमेयरमा उम्मेद्वारी दिने रमा खवास र प्रेम सागर सापकोटाले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । 

कचनकवलमा एमालेबाट अध्यक्षमा उम्मेद्वारी दिने दुर्गा देवी नेपाल, स्वतन्त्रबाट मेखबहादुर भट्टराई र कांग्रेसबाट अध्यक्षमा उम्मेद्वार दिने सेलेतुन खातुनले उम्मेद्वार फिर्ता लिएका छन् । कांग्रेसबाट हल्दिवारीमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने चन्द्रकला चाम्लिङले पनि उम्मेद्वारी फिर्ता लिएकी छन् ।

बाह्रदशीमा विवेकशीलबाट अध्यक्षमा उम्मेद्वारी दिने भूपिन भेटवालले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ । 

यस्तै, झापा गाउँपालिकामा स्वतन्त्रबाट उपाध्यक्षमा उम्मेद्वारी दिने केशव बजगाईँ, गौरादहको प्रमुखमा जनता दलबाट उम्मेद्वारी दिने राम बराइली, दमकमा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुख पदमा उम्मेद्वारी दिने धनराज राई र –उपप्रमुखमा दिने धनमाया थापा मगरले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

झापामा ७२९ पदका लागि दुई हजार नौ सय १४ जनाले मनोनयन दर्ता गराएका थिए ।  जसमध्ये नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ को उम्मेदवारी दर्ता गराएका थिए ।

गाउँपालिका अध्यक्षमा तीन हजार ३०६, उपाध्यक्षमा दुई हजार तीन सय ४३ र वडाध्यक्षमा ३३ हजार एक सय ११, महिला सदस्यमा २४ हजार दुई सय ८३, दलित महिना सदस्यमा २१ हजार नौ सय ७९ जना र सदस्यमा ५१ हजार ९२ जनाले मनोनयन दर्ता गराएका थिए ।