बिर्तामोड / आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये झापाबाट एक सय ३९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार मध्ये झापाका १५ पालिकाबाट १७ जना प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्षसहित १३९ जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । 

OM Sai Pathibhara Hospital

कनकाईबाट ११ जना, शिवसताक्षीबाट ११, दमकबाट १३, गौरीगञ्जबाट ३, गौरादहबाट ८, कमलबाट १, झापाबाट २, बाह्रदशीबाट ३, हल्दिवारीबाट ३, कचनकवलबाट ७, अर्जुनधाराबाट २०, बुद्धशान्तिबाट १६, मेचीनगरबाट १६, बिर्तामोडबाट १७ र भद्रपुरमाबाट ५ जना उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले जानकारी दिए ।

झापामा ७२९ पदका लागि दुई हजार नौ सय १४ जनाले मनोनयन दर्ता गराएका थिए ।  जसमध्ये नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ को उम्मेदवारी दर्ता गराएका थिए ।

गाउँपालिका अध्यक्षमा तीन हजार ३०६, उपाध्यक्षमा दुई हजार तीन सय ४३ र वडाध्यक्षमा ३३ हजार एक सय ११, महिला सदस्यमा २४ हजार दुई सय ८३, दलित महिना सदस्यमा २१ हजार नौ सय ७९ जना र सदस्यमा ५१ हजार ९२ जनाले मनोनयन दर्ता गराएका थिए ।