काठमाडौं / निर्वाचन आयोगले ७६ जिल्लाका लागि मतपत्र छपाई सम्पन्न गरिसकेको छ । आयोगले भक्तपुर जिल्लाबाहेक अन्य ७६ जिल्लामा हालसम्म १ करोड ८० लाख ४५ हजार मतपत्र छपाईको काम सम्पन्न गरेको हो । 

४३ वटा जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको आयोगले जनाएको छ । आयोगका अनुसार ७६ लाख ७३ हजार मतपत्र सम्बन्धित जिल्लामा ढुवानीसमेत गर्न भ्याइसकेको छ ।

OM Sai Pathibhara Hospital

४३ जिल्लाका लागि गत १३ वैशाखदेखि नै मतपत्र छपाई सम्पन्न गरी विभिन्न जिल्लामा पठाइएको प्रवक्ता शालिग्राम तिवारीले जानकारी दिएका छन । उक्त मतपत्रहरू बिभिन्न जिल्लामा पठाउँदा मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत पुर्‍याइएको छ ।