काठमाडौँ / नयाँ वर्षको पहिलो दिन अर्थात बिहीबार नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ ले पहिलो दिन नै ८० लाखको ग्रस कलेक्सन गरेको छ । अभिनेता अनमोल के सी सलोन बस्नेत , र अभिनेत्री सुहाना थापाद्वारा अभिनीत चलचित्रले काठमाडौंमा मात्र ४३ लाखको  व्यापार गरेको वितरक गोविन्द शाहीले बताए । काठमाडौं बाहिर ३५ देखि ३६ लाखको व्यापार भएको शाहीको भनाई छ । साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’ को बम्पर ओपनिङको बावजुत पनि यो चलचित्रले सुखद ओपनिङ गरेको हो ।

यो चलचित्र बिहीबार देशभरका हलमा हाउसफूलका साथ चलेको थियो । बिहान औसत रहेको व्यापार १२ बजेपछि बढेको छ र बेलुकासम्म कतै सोल्ड आउट त कतै भरिने क्रममा छन् ।

OM Sai Pathibhara Hospital

 यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । निर्माता सुनिल कुमार थापाले शो कम पाएपनि दर्शकको उच्च चापका कारण फिल्मले सुखद ओपनिङ गरेको बताए ।