बिर्तामोड / बेलायत सरकारले गोर्खा सैनिकमाथि गर्दै आएको विभेद अन्त्यका लागि बेलायतसँग हुन लागेको वार्ता भाड्न खोजेको भन्दै गोर्खा भूतपूर्व सैनिक संघ गेसोले आपत्ति प्रकट गरेको छ ।

संघका अध्यक्ष कृष्ण कुमार राईले विज्ञप्ति जारी गद विभेद अन्त्यका लागि बेलायत सरकारसँग हुन लागेको बार्ता भाड्ने गरी बेलायती सैन्य अधिकारी र गेसोका पूर्व सभापतिले कदम चालेको भन्दै असन्तुष्टि समेत प्रकट गरेका छन् ।

जारी विज्ञप्तिमा बेलायती सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल आर वार्डले लेखेको पत्र वार्ता भाड्ने उद्देश्यले सार्वजनिक गरिएको दावी गरिएको छ ।

त्यसैगरी गेसोका पूर्व सभापतिले सर्वोच्च अदालतमा मुद्धा दायर गर्ने भनेर सार्वजनिक रुपमा दिएको अभिव्यक्ति प्रति पनि विज्ञप्तिमा आपत्ति प्रकट गरिएको छ ।  

राईले विज्ञप्ति मार्फत तत्कालीन बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङक्यासटरको सुझावमा गोर्खाहरुमाथि भएका विभेदहरु अध्ययन गर्न बेलायती रक्षा मन्त्रालयमा नेपाल, बेलायत सरकार र गोरखाहरुको प्रतिनिधि सहितको एक त्रिपक्षीय प्राविधिक समिति गठन भएको समेत जानकारी गराएका छन् ।

प्राविधिक समितिले करिव १५ महिना लगाएर तयार पारेको प्रतिवेदनको १३ बुँदा २२ मार्च २०१८ का दिन दुवै देशका सरकारलाई हस्तान्तरण गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भुपू गोर्खा सैनिकलाई न्याय दिनका लागि अघि बढेका प्रकृया नै अवरुद्ध बनाउने गरी भएका गतिविधि धोका र षड्यन्त्र भएको भन्दै जारी विज्ञप्तिमा गेसोका सभापति राईले गोर्खा सैनिक परिवारलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

बेलायत सरकारले २०७ वर्ष देखि जारी राखेको विभेद अन्त्यका लागि हुन लागेको वार्ता असफल बने त्यसको जिम्मा समेत वार्ता भाड्न सकृय बनेकाहरूले लिनुपर्ने समेत विज्ञप्तिमा चेतावनी दिइएको छ ।
image (1)