बेलबारी / लेटाङको खेरुवा स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलको यौन दुव्र्यवहारको विषयलाई लिएर महिला प्रहरीको ज्यान जाने गरी भएको हिंस्रक घटनामा संलग्न भएको अभियोगमा प्रहरीले थप २१ जनालाई पक्राउ गरेको छ ।
विध्यालयकी १२ वर्षिया छात्राले पौडेलका विषयमा उजूरी दिएपछि विध्यालयमा आयोजित सर्वपक्षीय छलफलका क्रममा स्थानिय र प्रहरी बिच भएको झडपमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको विषयमा अनुसन्धान गरीरहेको प्रहरीले उनीहरुलार्ई पक्राउ गरेको हो ।
विध्यालय क्षेत्रमा भएको हिंस्रक घटनाका विषयमा अनुसन्धान गरीरहेको प्रहरीले यसअघि ९ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले लेटाङ घटनामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नेको संख्या ३० पुगेको र उनीहरु मध्ये केहिलाई दोषी नदेखिएकाले छाडिएको जनाएको छ ।
गत आइतवार भएको हिंस्रक घटना पछि तनावग्रस्त बनेको लेटाङ क्षेत्रलाई स्थानिय प्रशासनले कर्पm्यु लगाएर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
लेटाङ क्षेत्रको अवस्था सामान्य बन्दै गएको भएपनि घटनाको अनुसन्धान र स्थिति भड्कन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी गराएका छन् ।
घटना पछि गत आईतबार बाट पठन पाठन बन्द रहेको विध्यालयमा पठनपाठन सुचारु गर्न पनि तयारी सुरु गरिएको दाहालले वताएका छन् ।