काठमाडौँ / ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ नपर्नेहरूमा रामेछाप मन्थली घरभइ जडिबुटी बस्ने १९ वर्षीय राजेश बुढाथोकी, दोलखा नाम्दुका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर थिमिका २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे घरभइ राधेराधे बस्ने २३ वर्षीय प्रविण नेपाल र रामेछाप खाँडादेवी घरभइ जडीबुटी बस्ने २७ वर्षीय सञ्जिव मोक्तान रहेका छन् ।
घटनामा प्रयोग गरेको खुकुरी र मोटरसाइकलसहित उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आर्थिक कारोबार तथा प्रेम सम्बन्धी विवादमा उनीहरूले खड्कालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घाइते खड्काको ट्रामा सेन्टरमा उपचार भइरहेको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोईरालाले जानकारी दिए ।