झापा / मोरङको लेटाङमा रहेको शिक्षा विकास माविका एक शिक्षकले १३ वर्षीया छात्रामाथि गरेको जबरजस्तीकाे घटना सेलाउन नपाउँदै सोही विद्यालयमा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी छिन् ।
शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत छात्रा लेटाङ नगरपालिका –६ कि १७ वर्षीया किशोरी सुनिता वाइबा तामाङले झुन्डिएर आत्महत्या गरेकी हुन् ।
तामाङ आज (विहिबार) आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी लेटाङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गर्दै शवलाई पोस्टमार्टम लागि पठाइएकाे छ।