रुस – युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइला र इन्धनको मूल्यवृद्धि भएसँगै नेपालमा उर्जा र वित्तिय संकट सुरु भएको छ भने सुख्खायाममा भारतबाट विद्युत आयात गर्दै आएको नेपालमा फेरि लोडसेडिङ गर्नु पर्ने अवस्थामा प्राधिकरण पुगेको छ ।
दैनिक १८ घण्टा सम्म लोडसेडिङ झेलेको मुलुकले ऊर्जामन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङ रहेका बेलामा अन्धकारको युगबाट मुक्ति पाएको थियो । वर्षौ घाटामा रहेको प्राधिकरण समेत उनीहरूकै पालाबाट नाफामा समेत गएको थियो । युद्धका कारण भारतले विद्युत उत्पादनका लागि प्रयोग गर्दै आएको कोइलाको मूल्यवृद्धि भएपछि चर्को मूल्यमा विद्युत प्राधिकरणले विद्युत खरिद गर्नु पर्ने भएपछि प्राधिकरणलाई नोक्सानीबाट जोगाउन मङ्गलबारबाट लोडसेडिङ सुरु गरिएको थियो ।