झापा  / नेपाली बजारमा आज (सोमबार) छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेको छ । 

हिजो (आइतबार) छापावाल सुन प्रतितोला एक लाख दुई हजार आठ सयमा कारोबार भएकोमा आज (सोमबार) पाँच सय रुपैयाँ घटेर प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला एक लाख दुइ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार चार सय १५ रुपैयाँ मूल्य कायम गरिएको महासङ्घले जनाएको छ ।