काठमाडौँ //  सात नगरपालिकाले उत्कृष्ट नगरपालिका पुरस्कार पाएका छन्। 

नेपाल नगरपालिका संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसर पारेर   सात नगरपालिकालाई  उत्कृष्ट घोषणा गर्दै  पुरस्कृत गरेको हो । 

OM Sai Pathibhara Hospital

संघले सुशासन र सेवाप्रवाह, आर्थिक विकास, सहरी योजना र पूर्वाधार विकास, वन वातावरण र जलवायु परिवर्तन तथा सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको बताइएको छ ।

 संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् ।

 यसैगरी , स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।

यस्तै, सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका र वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट घोषित भएका छन् ।  

आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहका बीच पुरस्कार तथा सम्मान प्रदान गरिएको बताइएको छ।