बिर्तामोड  / वाणिज्य बैंकहरुले चैतमा ब्याज नबढाउने र स्थिर राख्ने भएका छन् । निक्षेपको ब्याज बढाउन कतिपय बैंकरले माग गरे पनि बैंकर्स संघले भने चैतका लागि नयाँ ब्याजदर अधिकतम ११.०३ प्रतिशत नै दिने निर्णय गरेको हो ।

ब्याजदर बढाएर मात्र निक्षेप तान्न नसकिने देखिएपछि स्थिर राख्ने निर्णय भएको हो । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ र राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार हरेक महिना १० प्रतिशतको दरले घटबढ गर्न पाउने व्यवस्था छ । तरलता संकट देखाएर बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतभन्दा बढी पुर्याएका छन् । तर चैतका लागि भने नबढाउने सहमति भएको हो ।

OM Sai Pathibhara Hospital

शुक्रबार साँझ २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक बसेर ब्याजदर सम्बन्धमा छलफल गरेका थिए ।

अधिकांश बैंकर्सहरुले ब्याजदर घटाउने होइन बढाउनु पर्ने धारणा राखेका थिए तर ब्याजदर बढाउँदा अन्य चुनौती थपिने भन्दै संघले आज आइतबार ब्याजदर स्थिर राख्ने निणर्य गरेको हो । यसको प्रभावस्वरुप आजको शेयर बजार समेत उच्च अंकले बढेको छ ।