काठमाडौं / अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गरेका छन् । उनले केही वस्तुको आयातमा मार्जिन राख्नु परेपनि स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने बताएका हुन् । 

काठमाडौंमा भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै आज (आइतबार) मन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्नुपर्ने बताएका छन् । 

OM Sai Pathibhara Hospital

राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न मातहतका अधिकारीहरुलाई उनको निर्देशन समेत दिएका छन् । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई उनले निर्देशन दिएका छन्।

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म ३ खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईकै बीच तीन खर्ब ८ अर्ब राजस्व संकलन गरिएको जानकारी दिएका छन् ।