काठमाडौं /  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेर एक लाख दुई हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको हो । गत शुक्रबार छापावाल सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलामा एक लाख २ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासङ्घका अनुसार गत शुक्रबार तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।