झापा //ब्राउन सुगरको कारोबारमा संलग्न झापामा कार्यरत प्रहरी हवल्दार सहित ११ जनालाई  प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा  सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार खगेन्द्र भुजेल, झापाका अन्जान राई,म्याग्दी घर भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने २५ वर्षीय लालबहादुर बुढाथोकी , दोलखाका कौशल बस्नेत, सिन्धुपाल्चोकका समीर घले गुरूङ, सञ्जय लक्सम्बा, पुकार गुरूङ, प्रविण भण्डारी, सुनिल ताजपुरिया, भारत दार्जिलिङका श्यामल सिंह रहेका छन्।

OM Sai Pathibhara Hospital

उनीहरुको साथबाट ३२२.६ ग्राम ब्राउन सुगर बरामद भएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।कारोबारीको जालो खोल्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार पनि फन्दामा परेका हुन्।  

हवल्दार भुजेल मोरङ दुलारी घर भई हाल दुई नम्बर हेडक्वाटर झापामा कार्यरत थिए।भुजेलको कनेक्सन भारतीय नागरिक श्याम सिंहसँग जोडिएको ब्युरो प्रमुख एसएसपी हृदय थापाले बताएका छन् ।


सिंहले भुजेललाई, भुजेलले सुनिल ताजपुरियामार्फत कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

यसैगरी, लालबहादुर बुढाथोकीले कौशल बस्नेतसँग खरिद गर्ने गरेको, बस्नेतले समीर गुरूङलाई बिक्री गर्ने गरेको खुलेको छ।

प्रविण भण्डारीले भारत सिलिगुडी गएर लागुऔषध खरिद गरी अजय तामाङमार्फत् अन्जान राईलाई बिक्री गर्ने गरेको खुलेको थापाले बताएका छन् ।

उनीहरू सबैलाई लागुऔषध मुद्दामा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ।