काठमाडौं / प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिलालाई  प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । 

नेपालबाट भारत जान लागेका दुवै जनालाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा थाइ नागरिक ३२ वर्षीया वान्विसा जन्टासनवारापर्न खुर्सोम्बात रहेका छन् ।

OM Sai Pathibhara Hospital

वान्विसाको साथबाट एक हजार र पाँचसयका एक लाख ७९ हजार ५०० र वारापर्नको साथबाट एक लाख १५ हजार भारतीय रुपैयाँसमेत बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।