बिर्तामोड / साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।