काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य प्रति तोलामा तीन हजार ५०० रुपैयाँले घटी एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो  बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ तोकिएको छ ।

OM Sai Pathibhara Hospital

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा ४५ रुपैयाँले घटी एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।