बिर्तामोड /  सुनको मूल्य एकैदिन २ हजार ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । मंगलबार १ लाख ३ हजारमा कारोबार भएको सुन आज बुधबार एकै दिन २५ सयले बढेर एक लाख ५ हजार ५ सयमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ४० रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पछिल्लो समय रुस र युक्रेनको द्वन्द्वका कारण सुनको मूल्य दैनिक रुपमा बढ्न थालेको छ । डलरको मूल्य महँगो हुँदा समेत सुनको मूल्य महँगिदै गएको हो ।