काठमाडौं / आज छापावाल सुन प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  हिजो १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको भाउ आज पनि उकालो लागेको छ । हिजो १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १० रुपैयाँले बढेर १४ सय २५ पुगेको छ ।