बिर्तामोड /  सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुनको मूल्य नौ सय रुपैयाँ बढेर ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।यसभन्दा अगाडि २०७७ भदौ ३ मा सुनको मूल्य सबैभन्दा उच्च मूल्यमा पुगेको थियो । त्यतिखेर एक लाख चार सय रुपैयाँ प्रतितोला पुगेको थियो ।

OM Sai Pathibhara Hospital

त्यस्तै आज  तेजाबी सुन प्रतितोला एक लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ  । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको हो ।