बिर्तामोड / सुनको मूल्यले यो वर्षकै उच्च मूल्य रेर्कड कायम गरेको छ । आज सुनको मूल्य तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँ बढेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको हो ।





































