काठमाडौं / साताको छैठौं दिन आज ९शुक्रबार० सुनको मूल्य ९ सय रुपैयाँले बढेर करिब एक लाख पुगेको छ भने चाँदी भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार भने प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार चाँदीको मूल्यमा भने स्थिर रहेको छ ।

OM Sai Pathibhara Hospital

बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएकोमा आज ९शुक्रबार० पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।