बिर्तामोड  / पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि भएको छ । इन्डियन आयल कर्परेशन (आईओसी) भारतबाट आएको नयाँ सुचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको हो ।

आज बृद्धि भएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमले जनाएको छ ।