काठमाडौं / जस–एमजीको ९मोेरिस म्यारेज० नयाँ जेडएस विद्युतीय गाडी नेपालमा सार्वजनिक गरिएको छ । एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आइतबार जेडएस ईभी २०२२ सार्वजनिक गरेको हो । कम्पनीले स्ट्यान्डर्ड र लंग रेन्चका २ वटा भेरियन्ट सहित मूल्य सार्वजनिक गरेको हो ।

पारामाउन्ट मोटर्सका अनुसार स्ट्यान्डर्ड रेञ्ज गाडीमा ५१।५ किलोवाट आवर र लङ्ग रेञ्जमा ७२।६ किलोवाट आवर ब्याट्री रहेका छन् । स्ट्यान्डर्ड रेञ्ज एकपटक चार्जमा ३१९ किमि छ र लङ्गरेञ्ज ४४० किमि रहेको कम्पनीले जनाएको छ । यस्तै, दुईवटा ब्याट्री प्याकको विकल्प रहेको सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ किमि रहेको छ । पुरानो जेडएसको तुलनामा नयाँ जेडएस २०२२ मा इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन सँगै अपग्रेड गरिएको कम्पनीका महाप्रबन्धक सचिन अर्यालले जानकारी दिए । उनका अनुसार जेडएसको स्ट्यान्डर्ड रेन्जको मूल्य ५१ लाख ९९ हजार र लंग रेन्जको मुल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।