काठमाडौँ / सुनचाँदी बजारमा सोमवार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला ९६ हजार १०० थियो ।

OM Sai Pathibhara Hospital

सोमवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ३४० पुगेको महासङ्घले जनाएको छ ।