बारा //सिमा क्षेत्रमा भइरहेको तस्करीको बारेमा समाचार लेखेको भन्दै बाराका एक संचारकर्मीलाई प्रहरीले पक्राउ गरि लकपमा राखेको छ।

पक्राउ पर्नेमा बारा जिल्लाका धर्मेन्द्र प्रसाद साह रहेका छन्। उनलाई बुधबार नै प्रहरीले पक्राउ गरेको बताइएको छ। 

OM Sai Pathibhara Hospital

सिमा क्षेत्रमा प्रहरीकै मिलेमतोमा कपडा र भैँसीको तस्करी हुन् थालेपछि संचारकर्मी साहले निरन्तर समाचार लेख्दै आएका थिए।

सिमा क्षेत्रमा तस्करी हुन् थालेको स्थानीय बाट   सुचना पाउनासाथ  धर्मेन्द्रसहित बारा र पर्सा बाट पत्रकारको टोली रिपोर्टिंगमा सिमा क्षेत्र पुगेको थियो।

सोहि क्रममा प्रसौनी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिन्देश्वर यादवले पत्रकार यादवलाई पटक पटक टेलिफोन गरि आफ्नो कार्यालयमा बोलाएका थिए।

पत्रकार यादवले किन बोलाउनु  भएको भन्दै प्रश्न गर्दा  निरीक्षक यादवले 'माथिल्लो  निकायको दबाव छ ,तस्करीको कुनै पनि समाचार नलेख्नु 'भनि सम्झाएर पठाएका थिए।

तर यादवले भने झन् प्रहरीको मिलेमतोमा तस्कर भइरहेको भन्दै निरन्तर समाचार प्रशारण तथा प्रकाशन गर्दै आएका थिए।  बाराका प्रबक्ता एवम् डिएसपीका अनुसार, यादवमाथि ठगि मुद्दाको जाहेरी परेको आधारमा पक्राउ गरेको प्रतिक्रिया दिएका छन् ।

यता यादवले भने तस्करहरुले योजनाबद्ध तरिकाले फसाउन खोजेको  बताएका छन्। उजुरी कसले र किन दिएको भन्ने बारेमा पछि मात्र बताउने बारा प्रहरीले जनाएको छ।