बिर्तामोड / साताको चौथो दिन आज बुधबार बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ५ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, चाँदीको मूल्य भने आज ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।