काठमाडौं / नेपाली बजारमा मंगलबार सुन  तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ ।

जुन मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज तेजाबी सुनको खरिद बिक्री मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

OM Sai Pathibhara Hospital

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला १३ सय रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।