काठमाडौं / साताको पहिलो दिन आज आइतबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आइतबार १ सय रुपैयाँले बढेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार ३ सय ५ रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।