इटहरी//राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख तिर्थराज खनालमाथि हातपात भएको छ।

सन्तोष यादवले कार्यालय प्रमुख  खनालको कार्यकक्ष मै  हातपात गरेका हुन्।

OM Sai Pathibhara Hospital

सशस्त्र प्रहरीका सही गणेश खड्काको   सामुन्ने नै कार्यालय प्रमुख खनालमाथि हातपात भएको बताइएको छ।

खड्का सशस्त्र प्रहरी बल सुनसरीबाट प्रदेश १ नं. का डिआइजी कमल गिरीका सादा पोसाकमा खटिने प्रहरी हुन्।उनी १ नम्बर बराह बहिनी मुख्यलाय पकली सुनसरीमा कार्यरत छन् । 

यता यादवले भने खाद्यवस्तु, चिनी र सूर्ती भारतदेखि तस्करी गरि नेपाल ल्याउने गरेको बुझिएको छ। 

खड्काको योजनामा आफूमाथि हातपात भएको अनुसन्धान कार्यालय प्रमुख खनालले बताएका छन् । अहिले सुनसरीमा सशस्त्र प्रहरीको मिलेमतोमा सीमा क्षेत्रमा खुलेआम तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

सई खड्कासहित तस्करीका नाइके यादव राजश्व अनुसन्धानका प्रमुख खनालसँग रकमको ‘डिल’ गर्न कार्यालय पुगेका थिए ।

भारतदेखि नेपालतिर हुने अवैध चोरी तस्करीमा निगरानी बढाएपछि क्यारिङमार्फत तस्करी गर्ने यादवले सशस्त्र प्रहरीका सई खड्काको आडमा आफूमाथि हातपात गरेको खनालले बताएका छन् । 

घटनापछि दुबै जना फरार भएका छन्। त्यस बारेमा सशस्त्र प्रहरीलाई जानकारी दिएको कार्यालय प्रमुख खनालले बताएका छन् । यादवको आक्रमणबाट प्रमुख खनालको बुढी औंलाको जोइन्टमा क्षति पुगेको छ।