काठमाडाैँ / नेपाल प्रहरीले क्रिप्टोकरेन्सी, हाइपरफन्ड तथा डिजिटल नेटवर्किङ कारोबारमा संलग्नहरूको खोजी गर्न थालेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले त्यस्ता कारोबारमा संलग्न नहुन र भएकाहरूबारे सूचना उपलब्ध गराउन अनुरोध गरेको हो ।

OM Sai Pathibhara Hospital

नेपालमा यस्तो कारोबार अवैधानिक रहेको र यसबारे नेपाल राष्ट्र बैंकले पटक–पटक सचेत गराएको स्मरण गराउँदै सिआईबीले यस्तो गैरकानुनी काममा संलग्न भए कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

पछिल्लो समय नेपालमा गैरकानुनी रुपमा डिजिटल कारोबार गर्नेको संख्या बढेपछि प्रहरीले निगरानी बढाएको हो ।