काठमाडौँ / सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५  रुपैयाँ निर्धारण गरेको छ।  

डीडीसीको  हिजो  बसेको  सञ्चालक  समितिको बैठकले दूधको मूल्य  बढाएर ८५ रुपैयाँ निर्धारण  गरेको  हो।  यसअघि  प्रशोधित दूधको  उपभोक्ता  मूल्य  प्रतिलिटर ७६ रुपैयाँ थियो।

OM Sai Pathibhara Hospital

बढेको नौ रुपैयाँमा प्रतिलिटर  ६ रुपैयाँ ५२  पैसा  किसानका लागि  वृद्धि  भएको  छ भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीका लागि बढेको डीडीसीले जनाएको छ।

यसअघि मन्त्रिपरिषद्को  बैठकले  किसानका  लागि  प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर ५६ रुपैयाँ चार पैसा निर्धारण  गरेको  थियो। त्यसअघि  किसानले  बेच्ने  दूधको  मूल्य  प्रतिलिटर  ४९ रुपैयाँ ५२ पैसा थियो।

मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको  लागि  प्रशोधित  दूधको  मूल्य निर्धारण  गर्ने जिम्मेवारी डीडीसीलाई  दिएको थियो।