काठमाडौं / साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


तेजाबी सुन प्रतितोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।