काठमाडौं / शेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २२ अंकले ओरालो लागेर २८ सय १३ मा आएर थामिएको हो ।

बुधबार कारोबार समेत अझै घटेर जम्मा साढें ३ अर्ब हाराहारीमै खुम्चिएको छ । मंगलबार केही समूह सकारात्मक रहेकोमा आज सबै समूह राताम्मे रहेको छ । निर्जीवन बीमा समूह सबैभन्दा उच्च २ सय अंक हाराहारीले ओरालो लागेको छ।

OM Sai Pathibhara Hospital

जीवन बीमा समूह पनि ढेड सय अंकले ओरालो लागेसंगै अरु पनि अधिकांश समूहमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको ६५ लाख कित्ता शेयर जम्मा ३ अर्ब ४७ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ६५ कम्पनीको मूल्य घट्दा जम्मा २० को बढ्यो भने ६ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।