काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

छापावाल सुन मंगलबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको हो ।