काठमाडौं / साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

OM Sai Pathibhara Hospital

तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज ५ रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १ हजार २ सय ५५ रुपैँयामा कारोबार भएको थियो ।