काठमाडौं// कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृतद्वयले राजिनामा दिएका छन्। 

कुमारी बैंकका अधिकृतद्वय अनुजमणी तिमल्सिना र  मनिस तिमल्सिनाले राजीनामा दिएका हुन्।

OM Sai Pathibhara Hospital

दुबै जनाले बैंक सञ्चालक समितिसँग सल्लाह मै स्वेच्छिक अवकास लिएको बताइएको छ ।

सञ्चालक समितिले केही दिन अघि स्वेच्छिक अवसका स्कीम (भीआरएस) आफर ल्याएको थियो । भीआरएसमा निकै राम्रो रकम आउने भएपछि दुबै जनाले एकैपटक राजिनामा दिएका हुन्। 

कामु सीईओ तिमिल्सनाले स्कीम मन परेकाले बैंकबाट बिदा लिएको जानकारी गराएका छन्।

कामु सीईओ र डेपुटी सीईओ दुबै जना बैंकबाट बाहिरिए पछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्बेवारी रामचन्द्र खनाललाई दिएको छ ।

यस अघि बैंकको चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीईओको जिम्बेवारी दिइएको थियो ।