काठमाडौं //अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चारजनालाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मारहेका छन्। 

OM Sai Pathibhara Hospital

यसैगरी  झापा शिवसताक्षी नगरपालिका-९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय गोकुल डल्लाकोटी समेत रहेको प्रहरीले बताएको छ। 

जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर, मानसिंह र समिर गरी तीनैजनाको साथबाट साथबाट ५८/५८ ग्राम बराबरको सुनको सिक्री, तीन/तीन थान र एक/एक थान मोबाइल समेत बरामद भएको छ।

उक्त सामानहरू भन्सार छली ल्याउन गोकुलले लगाएको भनी खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुलसमेतलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। 

 उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको बताइएको छ।