काठमाडौं  / आजदेखि ५०० दरका नयाँ नोट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरको नयाँ नोट चलनचल्तीमा आएको हो ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएको हो ।

OM Sai Pathibhara Hospital

३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरू पुरानो जस्तै रहने बैंकले जनाएको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डकारभित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहने बैंकको भनाई छ ।