झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर छापावाल सुन ९३ हजार ३०० पुगेको छ । 

हिजो ९२ हजार ६०० मा किनबेच भएको थियो ।  महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ८०० कायम भएको छ । 

OM Sai Pathibhara Hospital

तेजाबी सुन मूल्य हिजो प्रतितोला ९२ हजार १०० थियो ।  त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ ।