झापा / आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ ।
हिजो (मंलबार) प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको चार सय रुपैयाँले घटेर आज (बुधबार) प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार तेजाबी सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज (बुधबार) प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।





































