झापा / आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । 

हिजो (मंलबार) प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको चार सय रुपैयाँले घटेर आज (बुधबार) प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार तेजाबी सुन हिजो प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज (बुधबार) प्रतितोला ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार २४५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।