झापा : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाका ३२ वटा सुकुम्बासी बस्तीलाई सरकारले बजेट निकासा नगरे ऋण खोजेर भए पनि  व्यवस्थित गर्ने बताएकी छन् ।

संरचना निर्माणका लागि यसै वर्ष प्रक्रिया अघि बढाउने उनले बताइन् ।

OM Sai Pathibhara Hospital

उनले भनिन्, ‘काठमाडौंका विभिन्न ३२ सुकुम्बासी बस्ती व्यवस्थित गर्ने कार्यक्रम ल्याउँछु, बजेट निकासा नभए सहयोग र ऋण खोजेर भए पनि व्यवस्थित गर्छु, तर वास्तविक सुकुम्बासी हो होइन, यसको छानबिन चाहिँ हुनुपर्छ ।’

सरकारको लालपुर्जा दिने अवधारणा गलत रहेको भन्दै सबैलाई लालपुर्जा दिन नसकिने मन्त्री झाँक्रीले बताइन् ।

उनले भनिन्, ‘मेरो जीवनमै आवाजविहीन वर्गको मुद्दा बोक्ने हो, वास्तविक सुकुम्बासी भएमात्र राज्यसँग संरचना माग्नुपर्छ, किनकि यहाँ धेरै भूमिहीन दलालको हाबी छ ।’