झापा / नेपाली बजारमा आज (मंलबार) सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ । 

सोमबार प्रतितोला ९३ हजार ८०० रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ८०० सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।  सोमबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको थियो ।