काठमाडौं / जापानी मिडियाले केही  एक रिपोर्ट सार्वजनिक गर्दै टोयोटा र सुजुकी मिलेर स्पोर्टस् कार उत्पादन गर्ने तयारी गरिरहेको दावी गरेको छ ।

विश्वकै चौथो ठूलो भारतीय अटोबजारमा यी दुई कम्पनीले बजेटलाई विशेष ध्यान दिएर स्पोर्टस् कार ल्याउन लागेका हुन् ।

OM Sai Pathibhara Hospital

सन् २०१९ देखि भारतमा मारुती सुजुकी र टोयोटाले सहकार्य गर्दै आएका छन् । यी दुई कम्पनीको सहकार्यमा टोयोटाले दुई मोडल आफ्नो नेम प्लेटमा बिक्री गरिरहेको छ । जसमा सुजुकी बलेनोलाई टोयोटाले ग्लान्जाभिटारा ब्रेजालाई अर्वान क्रुजर नामबाट बिक्री गर्दै आएको हो ।

यस्तोमा भारतको सम्भावित स्पोर्टस् कारको बजारलाई ध्यानमा राख्दै यी कम्पनीले सन् २०२५ सम्ममा स्पोर्टस् कार बजारमा ल्याउने योजना बनाएको अनुमान गरिएको छ ।


इन्ट्री लेभल स्पोर्टस् कारको रुपमा बजारमा आउने कारमा १।० वा १।४ लिटर टर्बो इन्जिनमा आउने मिडिया रिपोर्टले उल्लेख गरेको छ । जसले गर्दा उत्कृष्ट ड्राइभिङ एक्सपेरियन्सको साथ कम मूल्यमा ग्राहकले कार पाउने छन् ।

स्पोर्टस् कार उत्पादनमा यस अघि सुबरु र बिएमडब्लु जस्ता कम्पनीसँग सहकार्य गरेको टोयोटाले अब सुजुकीसँग सहकार्य गर्न लागेको हो । सुजुकीसँग भने अहिलेसम्म स्पोर्टस् कार छैन । त्यसैले पनि कम्पनीले नयाँ सेग्मेन्टमा हात हाल्न लागेको सहजै अनुमान गर्न सकिन्छ ।