काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला  ९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ४०० ले घटेको हो ।

OM Sai Pathibhara Hospital

त्यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ५०० तोकिएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर  एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ ।